Gorkha Sansar

इच्छाकामना गाउँपालिकाको वार्षिक प्रगति समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कुरिनटार, २८ मंसिर ।

चितवनको इच्छाकामना गाउँपालिका कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले आज गाउँपालिका प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि आव २०७६/०७७ को वार्षिक प्रगति समिक्षा तथा आव २०७७/०७८ को प्रथम चौमासिकमा प्रवाह गरेको सेवा सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले गाउँपालिकाको आव २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुले गाउँपालिकाका विभिन्न विषयमा प्रश्न राखेका थिए भने सहभागीहरुको प्रश्नको उत्तर गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृति कुमार श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल लगाएतले दिनुभएको थियो।
इच्छाकामना गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रमको सहजिकरण इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. ले गरेको थियो।
यसैबिच कार्यक्रममा आव २०७६/०७७ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै ५ जना कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.