दशैंलाई लक्षित गर्दै खाद्यान्न राहत वितरण

हातिवाङ, १ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिकाले हिन्दु धर्मावलम्वीहरुको महान चाड दशैंलाई लक्षित गर्दै खाद्यान्न राहत वितरण गरेको छ। गाउँपालिकालेसपना भिलेज सोसियल इम्याक्ट सौराहासँगको सहकार्यमा वडा नं. १ का ६ सय ६५ घरधुरी विपन्न वर्गका चेपाङलाई आज खाद्यान्न राहत वितरण गरेको हो।
ज्याला मजदुरी गरेर कमाएको पैसाले दसैँ मान्दै आएका चेपाङहरु यस वर्ष कोभिड १९ र लकडाउनका कारण काम नपाएपछि गाउँ मै वस्न वाध्य थिए। खाद्यन्न अभाव भएर दसैँ नै खल्लो वन्ने अवस्था भएपछि गाउँपालिकाले सपना भिलेजसँग राहतका लागि आग्रह गरेको थियो। सोहि बमोजिम संस्थाले प्रति घरधुरी १५ किलो चामल, १ किलो दाल, १ लिटर तेल र १ पोका नुन सहयोग गरेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो। ९ लाख ७५ हजार बरावरको खाद्यन्न सामाग्री सहयोग गरेको बताउँदै गिरीले विपन्न गरिब चेपाङहरुको आर्थिक सामाजिक र शैक्षिक स्तर उकास्न परियोजना मार्फत काम गरिरहेको बताउनुभयो। यो दसैँ दसा वन्ने खतरा रहदा खाद्यन्न सहयोगले चेपाङ समुदायमा केही खुशी मिल्ने बताउनुभयो ।

IMG_3000.jpgPicture credit: @undefined
कार्यक्रमका प्रमुख अतिथि एवं इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले कोभिड १९ र लकडाउनका कारण आम्दानी गुमेका चेपाङहरुमा दसैँको केही खुशीयाली दिन सहयोग कार्यक्रम आह्वान गरे अनुसार खाद्यन्न सहयोग गरिदिएको भन्दै संस्थालाई धन्यवाद दिनुभयो।
साथै परियोजना प्रभावकारी रहेको भन्दै गाउँपालिकाले पनि चेपाङहरुका जिवनस्तर उकास्न काम गरिरहेको बताउनुभयो। कार्यक्रम निर्देशक सुजन वस्नेतले २०७६ साल माघ १ गतेदेखि सवै यात्राको सुरुवात एक सपनाबाट भन्ने नाराका साथ ३ वर्षे परियोजना संचालन गरिएको ठाउँका चेपाङको दसैँ थप दर्दनाक नवनोस भनी सहयोग गरेको बताउँदै परियोजनाले चेपाङको जिवनस्तर सुधार्दै लगेको बताउनुभयो।

दसैँ थप दर्दनाक हुन नदिन आफूहरुले यसरी सहयोग गरेको जानकारी दिनुभयो। आज घटस्थापनाको दिन नै खाद्यन्न सहयोग पाएपछि खुशी भएका चेपाङहरु दसैमा चामलको भात खान पाइएको भन्दै खुशी भएका थिए। ६ महिना आफ्नै उत्पादन र ६ महिना सकसपूर्ण जिवन जिउन वाध्य चेपाङहरु लकडाउन र कोभिड १९ ले झनै समस्यामा परेका छन्।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.