- Kabiraj Dhakal
- खाना खाए साथीले किन्देर, भाडा तिरे उसैले रिन्देर
- कोरोनाले छ संसार जलेको , छैन आमा मेरो काम चलेको
यो मुटुछुने शब्द सहित धेरै नेपलाीहरुको बास्तविकता लोकप्रिय सर्जक तथा कुशल गायक प्रेम सापकोटा सोनुले गीतमा उतारेका छन ।
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।
यसै क्रममा लोक प्रिय गायक सर्जक प्रेम सापकोटा सोनुको मनछुने दशै गित ‘पिरै मात्र पर्छ’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ , जसमा लय/शब्द/स्वर प्रेम सापकोटा आफ्नै रहेको छ ।
पछिल्लो समय धेरै नेपालीहरु कोरोना महामारीका विच विदेशबाट नेपाल आउन पाएका छैनन् । त्यति मात्र होइन आफुले काम गर्ने कम्पनी बन्द भए पछि खान बस्न पनि निकै समस्या परिरहेको छ । यहि पिडा र बेदना उनले आफ्नो गीतमा उतारेका छन । आफैले निर्देशन गरेको सो गीतको हरेक शब्द मुटुछुने खालका छन भने प्रेमले मन छुने लय सहित मुटुछुने आवाज समेत दिएका छन ।
गीतलाई नेपाल र जापान गरि दुई भागमा निमार्ण गरिएको छ । प्रेमका आफ्नै आमा बुबालाई पनि गीतमा देख्न सकिन्छ भने मुख्य भुमिकामा सिसिआर पाण्डेको समेत अभिनय रहेको छ ।
गीतको सफलताको कामना सहित सो गीतको म्युजिक भिडियो यहाँहरुको लागी :
https://youtu.be/e5AyI4_P228