आँबुखैरेनी १ को युवासंको अध्यक्षमा थापा चयन, ५१ सदस्यीय कार्यसमिति गठन

गोरखा संसार
११ असोज, तनहुँ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं.१मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को भातृ संगठन रमेश थापाको अध्यक्षतामा ५१ सदस्यीय युवासंघ गठन भएको छ ।
जसको उपाध्यक्षहरुमा चेतन अधिकारी, हिमाल थापा, सुनिल तामाङ, बिजय गुरुङ रहेका छन् भने सचिवमा बिवेक कंडेल, सहसचिवमा एञ्जिला अधिकारी र कोषाध्यक्षमा शक्ति थापा रहेका छन् ।
शनिबार गण्डकी प्रदेशका भूमि व्यवस्थापन तथा समस्या समाधान आयोगका संयोजक एक बहादुर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै संयोजक रानाले छिटै भूमि सम्बन्धी भएका बिबादहरुको समाधान गरिने बताउनुभयो ।
नेकपा वडा नं. १ का हरि प्रसाद काराखेतीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा स्थानीय युवाहरुको बिशेष सक्रियता र उपस्थिति रहेको थियो । जसमा स्थानीय तहका नेकपा का नेताहरुले प्रशिक्षणमूलक मन्तव्य राखेको थिए ।
साविकको नेकपा एमाले र नेकपा माओवादी बिचको एकिकरणपश्चात संगठनलाई चुस्त र बलियो बनाउन गरिएको यो पहलले पार्टी बलियो र सुदृढ बनाउन महत्वपूर्ण योगदान हुने बक्ताहरुले बताएका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.