Gorkha Sansar

असोज २० गतेसम्म जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नर्गन अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले जग्गा कित्ताकाट खोल्ने निर्णय असोज २० गतेसम्म कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको छ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलाशले यसअघि जारी भएको अन्तरकालीन आदेश निरन्तर रहने भन्दै अर्को छलफलका लागि १२ दिनपछिको पेशी तोकेका हुन्।

जग्गाको कित्ताकाट खुलाउने निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतले भदौ २९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

बिहीबार उक्त मुद्दा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संयुक्त इजलाशमा पेशी रहेको थियो। राणा र न्यायाधीश अनिलकुमार सिन्हाको इजलाशले अन्तरिम आदेश छलफलमा बोलाउने आदेश गरेको हो।

कित्ताकाट खुलाउने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले असोज ८ गते अन्तरिम आदेशका लागि छलफलमा उपस्थित हुन आदेश दिँदै त्यो बेलासम्म निर्णय कार्यान्वयन नगर्न भनेको थियो।

भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते रोक्का रहेको जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो। उक्त निर्णय उर्वभ भूमी मास्ने योजनाका साथ आएको भन्दै विरोध भइरहेका बेला अधिवक्ता सन्तोष भण्डारीले भदौ २८ गते रिट दायर गरेका थिए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.