तनहुँकाे बन्दिपुरमा मानव निर्मित ताल बन्ने
पहाडकी रानी उपनामले चिनिएकाे तनहुँकाे बन्दिपुरमा मानव निर्मित ताल बन्ने भएकाे छ । नेपालकै नयाँ पर्यटकिय क्षेत्र बनाउने उदेश्य सहित र बन्दिपुरकाे बिकासलाई फैलाउन वडा नं २ काे थारुबास क्षेत्रमा करिब १२० राेपनि क्षेत्रफल जग्गामा नयाँ मानबनिर्मित जलासय बनाईने भएकाे हाे ।
जलासय निर्माण समिति र प्रभावित क्षेत्रका स्थानीयले केही दिन अघि बैठक बसेर बैज्ञानिक ल्यान्ड पुलिङ विधिबाट कार्य अगाडि बढाउनका लागि ईस्थानिय जग्गावाला र माेहि बिचमा सहमति गर्ने निर्णय गरिएकाे देबीथान जलासय निर्माण समितिका सचिव सुदिन पाैडेलले जानकारी दिनुभयाे ।
बैठकका प्रमुख अतिथि गाउँ पालिकाका अध्यक्ष पुर्ण सिङ थापाले मानव निर्मित तालले बन्दिपुरमा आन्तरिक तथा वाहिय पर्यटककाे आगमन बढ्ने र बन्दिपुरकाे बसाईलाई समेत लम्ब्याउन सकिने हुँदा यस क्षेत्रका मानिसकाे आर्थिक अवस्था उकासिने बिस्वास ब्यक्त गर्नुभयाे । साथै उहाँले सवै जग्गावालालाई सहमति गराई बिकासकाे याेजना अगाडि बढाइने जानकारी दिनुभयाे ।
ताल वरपर आकर्षक हाेटल तथा रेष्टुरेन्ट निर्माण गरिने याेजना रहेकाे र तालमा माछा पालन ब्यवशाय पनि संचालन गरिने समितिका अध्यक्ष ईस्वरगाेपाल प्रधानले बताउनु भयाे । कार्यक्रममा नेकपा बन्दिपुरका नेता तथा जलासय निर्माण समितिका उपाध्यक्ष सुरेन्द्र थापा, जलासय निर्माण समितिका सदस्य तथा अनेरास्ववियू केन्द्रीय सदस्य अर्बिन्द्र भट्टराई लगायतकाे उपस्थिति रहेकाे थियाे ।
तनहुँकाे बन्दिपुरमा मानव निर्मित ताल बन्ने
Facebook Comments Box