पालुङ्टार ६ मा कोभिड संक्रमण को जोखिम हुन नदिन घरदैलो सचेतना कार्यक्रम

गोरखा संसार
६ असोज, तनहुँ ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ६ मा घरदैलो सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिका वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटीको पहलमा स्थानीयहरुको सहयोगमा वडाभित्रका पसल सञ्चालकहरुका लागि कोभिडबाट बच्न र बचाउनका लागि आवश्यक पर्ने सावधानीसहित पसलहरु सञ्चालन गर्न प्रोत्साहन गर्ने उदेश्यका साथ अभियान चलाइएको वडाध्यक्ष बराकोटीले बताउनुभयो ।
कोभिड १९ का कारण देशमा संक्रमितको संख्या बढ्दै गएको र देशमा लकडाउन खुला गरेको समयमा संक्रमणको जोखिम न्यूनिकरण गर्न सहयोग पुर्याउने उदेश्यका साथ वडाध्यक्ष  बराकोटी सहित  स्थानीय क्लबका प्रतिनिधीहरु, अस्थायी प्रहरी पोष्ट पौवाटारका प्रहरी प्रतिनिधी सहितको टोली हरेक टोल टोलका पसलहरुमा पुगेर पसलमा पसले तथा ग्राहकका बीच सामाजिक दुरी कायम गर्ने तरीका, पसलमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने लगायतका बिषयमा जानकारी गराइएको स्थानीय राजेश काफ्लेले जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रगतिशिल युवा क्लबले समेत सहयोग गरेको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.