Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
गाेरखाकाे ५ नं. वडाले मल बिक्री गर्दा बढी लिएकाे पैसा फिर्ता गर्याे ।

गाेरखाकाे ५ नं. वडाले मल बिक्री गर्दा बढी लिएकाे पैसा फिर्ता गर्याे ।

गोरखा ३०, भदौ ।

किसानलाई चर्को मुल्यमा युरिया मल बिक्री गरेको समाचार सार्वजनिक भएपछि गोरखा नगरपालिकाको एक वडा कार्यालय किसानसंग बढी लिइएको रकम किसानलाई नै फिर्ता गरेको छ । नगरपालिकाको वडा नम्बर ५ ले वडा कार्य समितिको बैठक नै बसेर मलको खरिद मूल्य र ढुवानी खर्च बाहेक लिइएको थप रकम फिर्ता गरेको वडा सचिव इन्दिरा अम्गाईले जानकारी दिनुभयो ।

‘मल खरिद गरेका किसानहरुलाई कार्यालयमै बोलाएर बढी परेको रकम फिर्ता गरिदिएका छौ, उहाँले भन्नुभयो, आज २५ जना किसानले रकम फिर्ता लैजानु भएको छ ।’ रकम फिर्ता लैजान बाँकी रहेका किसानहरुलाई समेत वडा कार्यालयले बढी लिइएको रकम फिर्ता गर्ने सचिव अम्गाईले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यालयले मल खरिद गरेको स्थानदेखि वडा कार्यालयसम्म ल्याउन लागेको ढुवानी भाडा, मल लोडअनलोड लगायतका खर्च कटाएर बाँकी रहेको रकम किसानहरुलाई फिर्ता गरेको उहाँले जानकारी दिनुभयो । वडा कार्यालयबाट भएको मल खरिद तथा बितरण प्रक्रियामा कमीकमजोरी भएको स्विकार गर्दै वडा सचिव अम्गाईले नियतबस किसानहरुसंग बढी मूल्य नलिएको दावी गर्नुभयो ।

‘शुरुमै सहकारीबाट मल खरिद गरेर ल्यायौ, मलसंगै बिल पनि ल्याएको भए त्यस्तो हुदैन थियो, उहाँले भन्नुभयो, मलको बास्तविक मूल्य कत्ति हो भन्ने थाहा भएन, अन्य साथीहरुसंग बुझेर मल बिक्रि गर्ने निर्णय गर्दा यस्तो हुन पुगेको हो ।’ वडासचिव अम्गाईले आगामी दिन यस्ता खालका कमिकमजोरी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यालयले प्रति बोरा रु १७५ रुपैयाको दरले किसानलाई रकम फिर्ता गरेको उहाँको भनाई छ ।

‘वडाको कमिकमजोरी रहेको कुरा समिक्षा गरियो, वडा कार्यलयको बैठकको निर्णयमा भनिएको छ, समयमा नै सहकारीको बिल प्राप्त नहुदा साथै अन्य वडा र बिगतका मल बितरणको आधारमा मध्यनजर गर्दा कमिकमजोरी भएको हो ।’ आफुहरुलाई मल उपलब्ध गराउदा वडाले नै बजारमा पर्ने भन्दापनि बढी मूल्य लिएको भन्दै गुनासो गर्ने किसानहरु समेत रकम फिर्ता पाएपछि खुशी भएका छन् ।

वडा कार्यालयले यही भदौ १४ गते निर्णय नै गरेर गोरखा नगरपालिका–७ स्थित जनमुखी उपभोक्ता सहकारी संस्थाबाट रु ९५० मा प्रतिबोरो यरिया मल खरिद गरि १२ सय रुपैयामा किसानलाई बिक्रि गरेको थियो । गोरखा जिल्लामा गएको बैसाखमा भएको सर्वपक्षिय बैठकले गोरखा सदरमुकाम आसपासमा बोराको ९५० रुपैया र अन्य स्थानीय तहले यसैलाई आधारमा मानेर ढुवानी खर्च जोडेर मात्र किसानलाई मल बिक्रि गर्न पाइने निर्णय गरेको थियो ।

तर वडा कार्यालय नगरपालिकाले नै गरेको निर्णयलाई उल्लघंन गदै महंगो मूल्यमा मल बिक्रि गरेपछि किसानहरु आक्रोसित भएका थिए । ढुवानी तथा लोडअनलोड खर्च बाहेक पनि थप मूल्य जोडेर किसानहरुसंग रकम लिएको समाचार बिभिन्न मिडियाहरू ले प्रकाशन गरेको थिए । उक्त समाचार सार्वजनिक भएपछि वडा कार्यालयले बैठक नै बसेर आफ्नो कमीकमजोरीको समिक्षा गर्दै किसानसंग बढी लिएको शुल्क फिर्ता गरेको हो ।

नागरिक सवालबाट

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.