गोरखा संसार
२५ भाद्र, गोरखा ।
गोरखामा गत बर्षदेखि सञ्चालित म्याराथुन दौड यस बर्ष नहुने भएको छ । गत बर्षदेखि शुरु गरिएको म्याराथुन दौड यस बर्ष कोरोना महामारीका कारण गर्न नसकिने भएको र आगामी बर्षदेखि निरन्तर सञ्चालन गरिने बताइएको छ ।
गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तद्धारा जारी सूचनामार्फत सोको जानकारी प्रदान गरिएको हो ।
गत लिगलिगकोट — सिरानचोक — गोरखा दरबार जगदेखि उत्पत्तिसम्म भन्ने मूल नाराका साथ सञ्चालन गरिएको सो म्याराथुन दौड सामान्य अवस्था रहेको भए भाद्र २५ गते सञ्चालन गरिने पत्रमा जनाइएको छ ।
दौड नियमित रुपमा गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, सिरान्चोक नगरपालिका तथा नेपाली सेनाको रणसिँ दल गणद्धारा संयुक्त रुपमा आयोजना गर्ने सहमतिका साथ शुरु गरिएको थियो ।