काठमाडौं, २४ भदौ
काठमाडौं उपत्यकामा २५ गतेेेेेेदेखि सवारीसाधन जाेरबिजाेर चल्ने भएका छन् । यसका साथै देखि व्यापार व्यवसाय पनि खुल्ने भएको छ ।
तीनवटै जिल्ला प्रशासनको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै व्यापार व्यवसाय खोल्ने निर्णय गरेको हो । यस्तै भोलिदेखि नै यातायातका साधन पनि जोरबिजोर प्रणालीमा संचालन गर्ने निर्णय भएको छ ।
काठमाडौंमा भदौ ३ गतेदेखि जारी गरिएको थियो । निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय भएपनि अझै एक साता लम्ब्याएको छ ।
यो सातापछि भने कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिने प्रशासन कार्यालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने निर्णय भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयाे ।
‘यातायातमा जोरविजोर र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर धेरै क्षेत्र खुल्न दिने निर्णय भएको छ,’ उहांले बताउनुभयो ।