तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईको गत शनिबार बसेको बैठकले एक महिनाको घर भाडा छुट दिन माग गरेको छ । इकाईका सभापति नेक महमद मियाँको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९ को विषम् परिस्थितिमा आर्थिकमन्दी, अर्थतन्त्र धरासयी भएका कारण घरभाडामा लिई व्यवसाय गर्ने व्यवसायीहरुको घरभाडा कम्तिमा एक महिनाको छुट दिने घरधनीलाई इकाई आगामि अधिवेशनमा सम्मान गर्ने समेत निर्णय भएको इकाईका प्रवक्ता सुनिल श्रेष्ठले जानकारी गराएका छन् ।
उक्त बैठकले इकाईका पदाधिकारीहरु कोभिड-१९ अनुगमन समितिमा नबस्ने र नेपाल सरकारको निर्णय वा विषम परिस्थिति बाहेक अन्य समयमा डुम्रे बजारका सम्पूर्ण व्यापार, उद्योग, व्यवसाय वा सो सम्बन्धित निकायहरु पूर्णरुपमा खुल्ला राख्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।