बिपदकाे समयमा काेपिलाकाे सहयाेग

भाद्र २१ गाेरखा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ४ मा काेपिला नेपालले दलित बिपन्न व्यक्तिहरूलाइ बिउपुँजी प्रदान गरेकाे छ ।

वडा नं. ४ काे शहिद स्मृति सामुदायिक भवनमा भएकाे कार्यक्रममा नगरपालिकाका नगर उप प्रमुख पम्फा बसेकाे प्रमुख अातिथ्यतामा भएकाे थियाे ।

दन्दकालीन यातना पिडित समितिका अध्यक्ष भुवन सुनारकाे अध्यक्षतामा भएकाे कार्यक्रममा काेपिला नेपालकी प्रतिनिधी जुनु श्रेष्ठ  ले कार्यक्रममा अाफ्ना भनाइहरू राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख बसेलले अायअार्जनका लागि प्रदान गरिएकाे उक्त रकमकाे सही सदुपयाेग गरेर अात्मनिर्भर हुनुपर्ने बताउनुभयाे ।

काेभिड १९ काे यस्ताे परिबेशमा पनि काेपिला नेपालले बिभिन्न वडाका  ८ जना द्वन्दकालीन पिडित किसानहरूलाइ अायअार्जन कार्यक्रमअन्तर्गत प्रति व्यक्ति ८ हजारका दरले बिउपुँजी प्रदान गरेकाे प्रति अध्यक्ष सुनारले धन्यबाद प्रदान गर्नुभएकाे थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.