एकै दिन ३ बालिकालाइ बलात्कार गरेकाे अाराेपमा ४३ बर्षका पुरूष पक्राउ

लमजुङ:

लमजुङका एक युवक ३ बालिकालाइ बलात्कार गरेकाे अाराेपमा पक्राउ परेका छन् ।

क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई एकैदिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाइएकाे छ ।

गुरुङले ११/११ वर्षीय दुई जना र ९ वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार पक्राउ गरेको हो । एघार र नौ वर्षकी बालिका एउटै परिवारको रहेको प्रहरीले जनाएको छ।

गुरुङले गत  भाद्र ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो ।

गुरुङले ती बालिकामाथि यसअघि पनि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको भए पनि परिवारलाई बालिकाले शुक्रबार मात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ।

पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको थापाले बताउनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.