पालुङटारकाे राधाकृष्ण मन्दिरमा चाेरी, दानपेटिका र पैसा छरपष्ट भेटियाे

भदौ १८, गोरखा ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नम्बर ५ स्थित तल्लो फाँटमा रहेको राधाकृष्ण मन्दिरकाे दानपेटिका चोरी भएकाे छ ।

अाज एकाबिहानै मन्दिर नजिकै छरपस्ट रुपमा पैसा छरिएको देखे पछि संका लागेर मन्दिर हेर्दा मन्दिर चोरी भएकाे भेटिएको हो । चेारी गरी लगेर मन्दिरबाट केही पर दानपेटिका समेत भेटिएकाे स्थानीय धिरज थापाले जानकारी दिनुभयाे ।

मन्दिरमा साँचो नलाउनेे ढाेका मात्र ढ्याप्ने गरिन्थ्यो ।

ईलाका प्रहरी कार्यलयका प्रमुख गिता प्रसाद चौधरीले खाेजि जारी रहेको र यो अनौठो प्रकारको चोरी भएको बताउनुभएकाे छ। अनुसन्धान जारी रहेको उहाँकाे भनाई छ ।

मन्दिर इलाका प्रहरी कार्यालय र नगरपालिका कार्यालयबाट नजिकै रहेकेा छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.