आँबुखैरेनी, ६ भदौं । लियो क्लब अफ आँबुखैरेनी सिटीले पिसाब थैली र मृगौंलामा पानी जमेर आर्थिक अभावका कारण उपचार नपाएका १ वर्षिय बालकलाई आज आर्थिक सहयोग गरेको छ । गोरखाको शहिदलखन गाउँपालिका वडा नं २ स्थायी घर भएका हाल आँबुखैरेनी–१, बरादीमा बस्दै आएका केशर परियारका १ वर्षिय छोरा शुसान्त परियारको अप्रेशन गर्नुपरेको र अप्रेशन तथा थप उपचारका लागि आर्थिक समस्यामा परेको भन्दै क्लबले नगद रु. ११ हजार आर्थिक सहयोग गरिएको क्लबले जनाएको छ । क्लबका प्रथम उपाध्यक्ष लियो प्रसन्न अधिकारी, द्वितीय उपाध्यक्ष लियो शैलेस वाग्ले र क्लबका कोषाध्यक्ष लियो हरिश्चन्द्र केसिको उपस्थितीमा बालकका हजुरबुवालाई नगद रु. ११ हजार आर्थिक सहयोग गरिएको क्लबका अध्यक्ष लियो अमृत पण्डितले जानकारी दिनुभयो । दैनिक ज्यालादारी गरी परिवार पाल्दै आएको र लकडाउनका कारण थप आर्थिक अवस्था नाजुक बन्दै गएपछि छोराको उपचारमा आर्थिक सहयोगका लागि केशर परियारले सबैसँग अपिल गर्नुभएको छ । अहिले आर्थिक अभावका कारण बालकलाई काठमाण्डौंको कान्ति बाल अस्पतालबाट उपचार नगरी घर ल्याईएको छ ।
थप समाचार
-
बागमतीमा कांग्रेसका ५ नयाँ मन्त्री आज शपथ, बहादुर पक्ष बाहिर
गाेर्खा संसारAugust 15, 2025हेटौंडा, ३० साउन — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसको कोटाबाट थप पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । दिउँसो ३ ब... -
जम्मू कश्मीरको किश्तवाडमा क्लाउडबर्स्ट: १२ को मृत्यु, ठूलो क्षतिको आशंका
गाेर्खा संसारAugust 14, 2025काठमाडौं, २९ साउन । भारतको जम्मू कश्मीरको किश्तवाड जिल्लामा बुधबार बिहान बादल फाटेर भएको भीषण वर्षा (क्लाउडबर्स्ट)का कारण कम्तिमा १२ जनाको मृत्यु भएको छ । इन्डिया टुडेको रिपोर्ट अ... -
बाजुरामा बाढी विपत्ति: ११ घर बगे, दर्जनौं संरचना जोखिममा
गाेर्खा संसारAugust 14, 2025बाजुराको हिमाली गाउँपालिकामा बाढी कहर: ११ घर बगे, ७ घरमा क्षति, १७ घर जोखिममा बाजुरा, २९ साउन । बुधबार राति आएको भीषण बाढीले बाजुराको हिमाली गाउँपालिका–१ विच्छ्यामा ठुलो क्षति पुर... -
महाकालीमा बाढीको खतरा, बनबासा पुलमा आवत–जावत पूर्णरूपमा रोक
गाेर्खा संसारAugust 14, 2025कञ्चनपुर, २९ साउन — महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि नेपाल–भारत सीमामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज) हुँदै सवारी साधन र मानिसको आवत–जावत पूर्णरूपमा रोकिएको छ ... -
विराटनगर बालसुधार गृहमा कैदी र प्रहरीबीच झडप, एक प्रहरी घाइते
गाेर्खा संसारAugust 13, 2025विराटनगर, २८ साउन । विराटनगरस्थित बालसुधार गृहमा बुधबार दिउँसो कैदी (बाल बिज्याइँकर्ता) र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारका अनुसार झडप... -
भूमि वर्गीकरणअघि हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव, दुरुपयोगको आशंका
गाेर्खा संसारAugust 13, 2025काठमाडौं, २८ साउन । स्थानीय तहले भूमिको वर्गीकरण नगरेको अवस्थामा पनि हदबन्दी छुटमा जग्गा लिएर पछि बिक्री गर्न दिने व्यवस्था सहितको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रति...