Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
आँबुखैरेनी डुम्रीडाँडाका सक्रिय युवाहरुको सहभागितामा दृष्टि युवा क्लब गठन ।।

आँबुखैरेनी डुम्रीडाँडाका सक्रिय युवाहरुको सहभागितामा दृष्टि युवा क्लब गठन ।।

आँबुखैरेनी, भदौं ३ गते ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१, डुम्रीडाँडाका सक्रिय युवाहरुको सहभागितामा दृष्टि युवा क्लब गठन गरिएको छ । समाजका हरेक क्षेत्रमा युबाहरुको सक्रिय सहभागिता गराउन पवन नेपालीको अध्यक्षतामा ७ जना कार्यसमिती सहित ३० जना सदस्य रहने गरी क्लब गठन गरिएको हो । स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थितीमा गठन गरिएको क्लबको उपाध्यक्षमा केशव घिमिरे, सचिवमा मनोज बास्तोला, सह–सचिवमा मन्दिप पौंडेल, कोषाध्यक्षमा रामशरण मिश्र तथा सदस्यहरुमा शितल गुरुङ्ग, सन्देश मिश्र लगाएत रहनुभएको क्लबले जनाएको छ । स्थानीय युवाहरुलाई लागुपदार्थ दुव्यर्सनीबाट टाढा राखी खेलकूद प्रति आकर्षित गराउन, विकास निर्माणमा हुने भष्टाचार तथा सामाजिक विभेद् अन्त्य गर्न, मौलिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण एवम संम्बद्र्धन गर्न गाउँपालिकामा विधिवत रुपमा दर्ता गरी क्लब गठन गरिएको क्लबका अध्यक्ष पवन नेपालीले जानकारी दिनुभयो ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.