काठमाडौं २७, विश्वव्यापी महामारिको रुपमा फैलिरहेको कोभिड–१९को विरुद्ध अग्रपंक्तिमा खटिरहेका प्रयोगशालाकर्मीहरुको पहिचान एवं सहजीकरणको लागि के.डि.एम. फाउण्डेशन नेपालले मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)लाई दुवै संस्थाका लोगो अंकित १०० थान ज्याकेट सहयोग प्रदान गरेको थियो ।
फाउण्डेशनको तर्फबाट संस्थापक सुरेश कुमार अधिकारीज्यूले मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काज्यूलाई उक्त ज्याकेट प्रदान गरेका थिए । मेलानका वरिष्ठ उपाध्यक्ष देवराज गौतम, सचिव रोसन परियार, कोषाध्यक्ष पिताम्बर पन्त लगायत फाउन्डेशनका संस्थापकहरुको समेत सहभागि रहेको उक्त कार्यक्रममा अध्यक्ष खड्काज्यूले विशेष आभार व्यक्त गर्नुको साथै यस सहयोगले कार्यक्षेत्रमा खटिने प्रयोगशाला कर्मीहरुको पहिचान सहज हुनुको साथै मनोवल उच्च बनाउने विश्वास व्यक्त गर्नु भएको कुरा महासचिव रेशम अधिकारीले जानकारी दिए ।
कोरोनाको माहमारिको मध्यनजर गर्दै NRNA NCC, USA President सुनिल शाह, NRNA NCC, USA Mid-west Vice-President बुद्धि सुवेदि,NRNA NCC, USA बिधान समितिका सदस्य गोपेन्द्र भट्टराई, समाजसेबी शशिलाल गुप्ता लगायतबाट प्राप्त सहयोगले ज्याकेट मेलानलाई हस्तान्तरण गर्न सकेकोमा ति सहयोगि हातहरुलाई फाउन्डेसनका संस्थापक रोशन अधिकारी ले धन्यवाद दिनु भएको थियो ।