Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
१२ बर्षकी बालिकालाइ जबरजस्ती करणी गरेकाे अाराेपमा २७ वर्षीय परियार गिरफ्तार

१२ बर्षकी बालिकालाइ जबरजस्ती करणी गरेकाे अाराेपमा २७ वर्षीय परियार गिरफ्तार

सल्यान :

सल्यानमा १२ बर्षकी बालिकालाइ जबरजस्ती करणी गरेकाे अाराेपमा शारदा नगरपालिका–६ बरलाका २७ वर्षीय प्रकाश परियारलाई प्रहरीले गिरफ्तार गरेकेा छ ।

जिल्लाको शारदा नगरपालिका–६ बरलाका २७ वर्षीय प्रकाश परियारलाई प्रहरीले बलात्कार अभियोगमा समातेको हो। सल्यान कालिमाटी गाउँपालिका ३ स्थायी घर भई शारदा नगरपालिका ६ मा बस्दै आइरहेकी १२ वर्षीया बालिकालाई उनले बलात्कार गरेका प्रहरीको आरोप छ।

ललाइफकाई विवाह गर्छु भनी प्रलोभनन देखाई जबरजस्ती करणी गरेको आरोपमा सल्यान प्रहरीले उनलाइ पक्राउ गरेको बताइएकाे छ।

२५ गते राति बरलाको दौरेडाँडा भन्ने ठाउँमा विवाह गर्छु भनी प्रलोभनमा पारी जबरजस्ती करणी गरेको सूचना पाएपछि समातिएको जिल्ला प्रहरी कार्यालय सल्यानमा सूचना अधिकारी उमाकान्त जोशीले बताए। पक्राउ परेका परियारलाई जिल्ला अदातलबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.