आँबुखैरेनी, २७ श्रावण ।
चितुवाको आक्रमणबाट गम्भिर घाईते भएकी बालिकाको थप उपचारको लागि आर्थिक सहयोग प्राप्त भएको छ । आँबुखैरेनी गाउँपालिका–३, पञ्चायत भवन निवासी युवा व्यवसायी तथा समाजसेवी अभियान श्रेष्ठले आँबुखैरेनी–१, समस्तीपुरमा चितुवाको आक्रमणबाट गम्भिर घाईते भएकी १० बर्षिय बालिका अमिषा थापाको थप उपचारको लागि नगद रु. १५ हजार आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अवस्था नाजुक रहेको र उपचारको लागि आर्थिक समस्या परेको जानकारी पाएपछि मिलन युवा समाज क्लबका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले घाईते बालिका उपचारत अस्पताल चितवन मेडिकल कलेजमा सोमबार गएर आर्थिक सहयोग गर्नुभएको थियो । गत श्रावण १७ गते शनिबार साँझ ९ बजे चितुवाको आक्रमणबाट अमिषा थापा गम्भिर घाईते भएकी थिईन ।
Facebook Comments Box