चितवन, २१ साउन
खाेलामा नुहाउने क्रममा डुबेर एक जनाकाे मृत्यु भएकाे छ ।
चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरे स्थित खोलाको दहमा डुबेर १ जनाको मृत्यु भएको छ। गर्मीका कारण आज दिउँसो करिब ३ बजेतिर खोलामा नुहाउने क्रममा जलविरे खोलाको दहमा डुबेर मृत्यु भएको हो।
मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका ४ स्याकलाङका २० वर्षिया अभिषेक मगर भएको मृतकका साथी स्याकलाङ कै विष्णु मगरले बताए। उनीहरु दुवै जना जलविरे खोलामा नुहाउन गएका थिए। नुहाउने क्रममा खोलाको दहमा पौडि खेल्दै गर्दा १ जना डुबेको हो।
दहमा डुबेका मृतक अभिषेक मगरको शवलाई सशस्त्र प्रहरी विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट आएको टोली र इलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी टोलीले निकालेको प्रहरी निरिक्षक कञ्चन तामाङले जानकारी दिए।
मृतकको शव पोष्टमार्टमको लागि भरतपुर लगिएको पनि प्रहरीले जनाएको छ।