सिटिजन लाइफ इन्योरेन्स गोरखा द्वारा अभिकर्ता सम्मान तथा तालिम सम्पन्न ।

१९ श्रावण , गोरखा : लामो समयको बन्दाबन्दि पश्चात सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

साउन १७ गते शनिवार गोरखा शाखामा सम्पन्न भएको उक्त तालिम गत आ.व मा उत्कृष्ट भएका ४ जना क्लव मेम्बर बिजेतालाई सम्मान गर्दै सुरुवात भएको थियो । गत आ.व का हिरो अफ द इअर तथा एजेन्सि मेनेजर इश्वर श्रेष्ठ, गोल्ड क्लव मेम्बर ज्ञानु माया राना मगर, सिल्भर क्लव मेम्बर सुमित्रा श्रेष्ठ र उत्तम कुमार बरामलाई शाखा प्रबन्धक हरिहर आचार्यले सम्मान गर्नुभएको थियो ।

कोरोना भाइरसको सम्भाबित जोखिमबाट सुरक्षाको लागि न्युनतम उपाय अपनाएर संचालन गरिएको उक्त कार्यक्रममा ३८ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा शाखा प्रबन्धक हरिहर आचार्यले बीमाको आधारभूत कुराहरु, सिटिजन लाइफ र कम्पनीका बीमा योजनाहरुका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा ३ जना एजेन्सि मेनेजरहरु (नन्द कुमार श्रेष्ठ, उषा अधिकारी, इश्वर श्रेष्ठ )ले छुट्टा छुट्टै बिषयमा सहभागिहरुलाई उत्प्रेरित गरेका थिए भने सो कार्यक्रमको संचालन एजेन्सि मेनेजर रबिन्द्र पन्तले गर्नुभएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.