काठमाण्डौं ।
सुनको मुल्यले आज अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ ।
९९ हजार रूपैयाँ तोलामा काराेबार भएकाे सुनकाे मूल्य अाज ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च् भाउ हो । हिजो तोलामा ५ सय रुपैयाँ बढेर तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो । केही दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ ।
कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।