जन्मदिनको सु-अवसरमा रविन लामिछानेको प्रतिक्षित तिज गित पानपाते ठुलि – 2 ‘लुम्लेमा पानि’ सार्वजनिक (भिडियोसहित)

कविराज ढकाल , गोरखा नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ||  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कहिले सांगितिक बजारमा तिजका गित , कहिले दशै तिहार त कहिले चाडपर्व विशेष गित हरु बजारमा आईरहेको छ | सोहि क्रममा तिज पनि नजिकिदै छ | कलाकारहरुले चेलिको पिर व्यथा , समसामयिक घटनालाई समेटेर तिज गित बजारमा पठाईएका छन् |

यसै सन्दर्भमा लोक दोहोरीका चर्चित हस्ति , गोरखाली गायक सर्जक रविन लामिछानेको निकै प्रतिक्षित तिज गित पानपाते ठुलि -2 ‘लुम्लेको पानि’ भखरै रिलिज भएको छ |

चर्चित लोक दोहोरी गित ‘सालको पात टपरि’ गितका चर्चित गितकार एवम् सर्जक नवराज पन्तको उत्कृष्ट शब्द सृर्जनामा सजिएको गितमा लोकप्रिय गायक सर्जक खेम सेन्चुरिको लय रचना रहेको छ |

लोकप्रिय गायक गायिका रविन लामिछाने , टिका सानु , प्रकाश पराजुलि र धनमाया नेपालीको उत्कृष्ट स्वरमा उक्त गित ‘लुम्लेको पानि’मा सजिएको छ |

गत बर्ष गित सिजनमा पान पाते ठुलि निकै चर्चित भएको थियो | गितमा रहेको हरेक शब्द टिकटकमा निकै भाईरल भएको थियो | आशा गरौ यो गित पनि अहिले त्यतिनै हिट वनोस् शुभकामना | आज विशेष त रविन लामिछानेको जन्मदिनको शु अवसरमा उक्त गित सार्वजनिक गरिएको गायक रविन लामिछानेले जानकारी दिनु भयो | उहा शुभजन्मदिनको अन्गिन्ति शुभकामना व्यक्त गर्दछौ ||

 

देवेन्द्र बव्लुको उत्कृष्ट निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा मौसम हिमालीले नृत्य निर्देशन गर्नुभएको छ | करन चौसिरले छायांकन गरेको भिडियोमा प्रविन भट्टले सम्पादन गर्नुभएको छ । भिडियोमा चर्चित कलाकारहरु निक्स शर्मा , जुना गुरुड , देवेन्द्र बब्लु र गीता ढुंगानाको  उत्कृष्ट अभिनय एवम्  मोडेलिङ्ग रहेको छ ,  समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ |

गिक्त गितलाई Rabin lamichhane  को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ |

गित हेर्नको लागि तलको लिक थिच्नुहोस् ||

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना एवम् रविन लामिछानेलाई जन्मदिनको अन्गिन्ति शुभकामना ||

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.