Gorkha Sansar

बहुचर्चित गायक गायिका पशुपति शर्मा ,राजु ढकाल र देवी घर्ति मगरको निकै प्रतिक्षित तिज गित ‘दुइ बिसेले छोयो’ सार्वजनिक [भिडियोसहित]

कविराज ढकाल , गोरखा नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ||  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कहिले सांगितिक बजारमा तिजका गित , कहिले दशै तिहार त कहिले चाडपर्व विशेष गित हरु बजारमा आईरहेको छ | सोहि क्रममा तिज पनि नजिकिदै छ | कलाकारहरुले चेलिको पिर व्यथा , समसामयिक घटनालाई समेटेर तिज गित बजारमा पठाईएका छन् |

यसै सन्दर्भमा लोकप्रिय सर्जक एवम् बहुचर्चित गायक गायिका पशुपति शर्मा , राजु ढकाल र देबी घर्ति मगरको आवाज रहेको तीज गीत लौरी हरायो भाग – ३ दुई बिसेले छोयो भखरै सार्बजनिक भएको छ ।

गत बर्ष छाता हरायो गितले बजारमा चर्चा परिचर्चा कमायो | त्यसपछि छाता हरायो -2 सुहायो चौपट्टै पनि सांगितिक बजारमा निकै चर्चा बटुलेको थियो भने यो बर्ष छाता हरायो -3  दुई विसेले छोयो सार्वजनिक भएको छ |

डोलराज बाह्रघरे मगरको एरेन्ज र सुमन रानाले रेकर्ड गरेको गीत मारुनीका कुमार रानाले मिक्सिङ गरेका हुन् ।

भिडियो पनि अत्यन्तै उत्कृष्ट बनेको छ । दुर्गा पौडेलले निर्देशन तथा छायाँकन गरेको गीतका कोरियोग्राफ रिता तामाङले गरेकी छन् । पशुपति शर्मा ,राजु ढकाल र देवी घर्ति मगरको अभिनय रहेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

गिक्त गितलाई  Devi Ghatri  को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ |

गितको म्युजिक भिडीयो हेर्नुहोस् 

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.