ओली र प्रचण्डबीच आज पनि वार्ता

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि वार्तामा बस्दैछन्।

बिहीबार बिहान ११ बजेपछि अध्यक्षद्वयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने कार्यक्रम तय भएकाे प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिए। ‘बिहीबार बिहान ११ बजे पुनः छलफलमा बसौँ भन्ने कुरा अध्यक्षद्वयबीच बुधबारै तय भएको हो,’ सापकोटाले भने।

पार्टीमा बढेको विवादको विषयमा ओली र प्रचण्डबीच लगातार छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन। १० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।

प्रचण्डसँगको सबैजसो वार्तामा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्याउने गरेका छन्। उनीहरुबीच बुधबार पनि अढाई घण्टा छलफल भएको थियो। हिजोको छलफलमा पनि ओलीले पुरानै कुरा दोहोर्याएका थिए।

बुधबारको छलफलमा ओलीले पार्टीको महाधिवेशन सकेसम्म चाँडै गर्न पनि आग्रह गरेका छन्।

‘अहिले प्रधानमन्त्री र अध्यक्ष छोड्ने विषयमा कुरा गर्न म तयार छैन’, प्रचण्डसँग ओलीको भनाइ उधृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘तपाईं प्रधानमन्त्री बन्ने हो भने चुनावसम्म पर्खनोस्, एकल अध्यक्ष बन्ने भए चाँडै महाधिवेशनमा जाउँ।’

बुधबार बालुवाटारमा ओलीसँग भेटेर खुमलटार निवास फर्केका प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणबाजी श्रेष्ठलाई ब्रिफिङ गरेका थिए

नेपाल खबरबाट

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.