Gorkha Sansar

देशभरकाे अाजकाे माैषम कस्तेा रहला ?

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जसका कारण देशभर सामान्य देखि पुर्ण बदली रही सुदुर पश्चिम प्रदेश, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पछिल्लो ३ देखि ६ घण्टामा कास्की, स्याङजा, बर्दिया, दाङ, कैलाली र आसपासका केहि स्थानमा मध्यम दखि भारी बर्षा भएकाले त्यस स्थान भई बहने साना नदीमा बहाव बढ्दो छ ।

केहि नदीको जल सतहले सतर्कता रेखा नाघ्नसक्ने भएकाले विहान ८ बजेसम्म साना नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राती देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.