पालुङ्टारका २ क्वारेन्टिनबाट १८ जनाको स्वाब संकलन

९ असार
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका भित्रका विभिन्न क्वारेन्टिनमा रहेका १८ जनाको आज स्वाब संकलन गरिएको छ ।
विभिन्न स्थानहरुबाट पालुङ्टार आई क्वारेन्टिनमा बसेकाहरुमध्ये वडा नं. ६ स्थित रजगरे मा.वि. क्वारेन्टिनमा रहेका ११ र वडा नं. ८स्थित अकला मा.वि. क्वारेन्टिनका ७ जना गरी १८ जनाको स्वाब संकलन गरी पि.सि.आर.परीक्षणको लागि पठाइएको स्वास्थ्य शाखाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
कोरोना भाइरसको प्रकोप देखिएसंगै विभिन्न मुलुकहरुबाट आएका मानिसहरुलाई राख्नको लागि नगरपालिकाले बिभिन्न स्थानहरुमा क्वारेन्टिन निर्माण गरेको छ । त्यसका साथै केही व्यक्तिहरु पछिल्लो समयमा होम क्वारेन्टिनमा पनि बस्न थालेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.