११ जनामा काेराेना पुष्टि भएपछि बन्दिपुर सिल

तनहुँको बन्दीपुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ११ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ ।

कोबिड संक्रमण भएकाहरुमा ८ जनाहरु २ ठाँउको क्वारेन्टाइनमा रहेका ३१, ५४, २०, १९,३४,३८,२६,४२ र २५ बर्षका पुरुष र ३५ बर्षका महिला रहेको बताइएको छ। उनिहरुको गत जेठमा ३४ जनाको स्वाब परिक्षणको लागी पोखरा लगिएको थियो । जस मद्य्ये १ जना स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मी र समुदायका १ समेत रहेको पुस्टि भए संगै बन्दिपुर गाउँपालिकामा पूर्णसिंह थापाले(आज)सोमबार आपतकालिन बैठक राखेर असार ९ गते देखि नै लागु हुने गरि गाउँपालिका बाट दिदै आइरहेको सेवा र बन्दिपुर प्रहरी चौकी १ हप्ताको लागि र बन्दीपुर गाउँपालिका भित्रको पुरै सरकारी तथा गैर सरकारी कार्यालयहरु , बैंक बित्तीय सस्था ,ब्यापार ब्यवासाय लगाएतका सम्पुर्ण सेवाहरु २ हप्ताका लागी पुर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ।

यस् समयमा भौतिक दुरी कायम गरि आफू र समुदायलाई सुरक्षित राख्दै सम्पुर्ण सुरक्षा र सतर्कताका साथ होसियारी पूर्वक काम गर्न र सम्यम रहन सम्पुर्ण समुदायलाई गाउँपालिकाले अनुरोध गरेको अध्यक्ष पूर्णसिंह थापाले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.