गोरखामा संक्रमितकाे संख्या २४

गाेरखा । गाेरखामा थप १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मंगलबार बिहान गाेरखा नगरपालिका क्षेत्रका ८ र बारपाक सुलिकाेट गाउँपालिकाका २ गरी १० जनामा संक्रमण पुष्टी भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनाेद बिन्दु शर्माले जानकारी दिएका छन् ।

संक्रमण देखिएका मध्य गोरखा नगरपालिका क्षेत्रका ७ पुरुष र १ महिला छन् । त्यस्तै वारपाक सुलिकाेटमा २ पुरुष रहेकाे निर्देशक शर्माले बताए ।

यससंगै गोरखामा संक्रमितकाे संख्या २४ पुगेकाे छ । यसअघि गण्डकी गाउँपालिकाका ८ पालुङ्गटार घर भइ प्रहरी हिरासतमा रहेका १ र भिमसेन थापा गाउँपालिकाका ४ जनामा काेराेना पुष्टि भएकाे थियाे । उनिहरुलाई गोरखा अस्पतालकाे आइसाेलेसनमा राखिएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.