जीवन ज्योति क्वारेन्टिनलाई च्याङ्ली सामुदायिक सिकाइ केन्द्रको सहयोग

गोरखा संसार
जेठ २९,गोरखा
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित जीवन ज्योति मा.वि. मा स्थापना गरिएको क्वारेन्टिनमा आइसोलेसन समेत थप गरिनेभएपछि च्याङ्ली सामुदायिक सिकाइ केन्द्रले आइसोलेसन बेडका लागि आवश्यक सामग्री सहयोग गरेको छ ।
कोभिड १९ का कारण संसारभर उत्पन्न असहज परिस्थितिका कारण नेपालमा लामो समयदेखि लकडाउन चलिरहेका बखत गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ को जीवन ज्योति माध्यमिक विद्यालयमा बिगत १५ अघिदेखि क्वारेन्टिन बनाइ बिदेश तथा नेपालकै अन्य बिभिन्न शहरहरुबाट आएकाहरुलाई राखिंदै आइएको छ ।
हाल उक्त क्वारेन्टिनमा रहेका २६ जनाको पि.सि.आर परीक्षणको लागि स्वाब संकलन गरी प्रयोगशाला पठाइएको र त्यसको रिपोर्ट आएपछि कसैलाई पोजेटिभ देखिएमा सोही स्थानमा आइसोलेसनमा राख्नको लागि ४ ओटा कोठा तयार गरिएको छ । उक्त कोठाहरुमा ४ वटा बेडको लागि आवश्यक पर्ने म्याट्रेस, तन्ना, सिरक, सिरानी लगायतका सामग्री बितरण हस्तान्तरण गरिएको हो ।
बिपतका बेला सरकारको मात्र मुख नताकी बिभिन्न क्षेत्रबाट समेत सहयोग गर्नु सबैको कर्तव्य भएको महसूस गरी उक्त सामग्रीहरु हस्तान्तरण गरिएको सिकाई केन्द्रका अध्यक्ष रविन्द्र कंडेलले बताउनुभयो ।
यसरी बिपतका बेला सहयोग गरेकोमा सिकाइ केन्द्रप्रति वडाध्याक्ष बसन्त कुमार श्रेष्ठ, च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले धन्यवाद दिएका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.