MCC बारे नेकपाकाे धारणा के हेाला ?

काठमाडौ :

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएकाे भेटका क्रममा २ अध्यक्षले एमसीसीका कारण पार्टीभित्र बढेकाे असन्तुष्टिबारे पनि छलफल गरेका छन् । स्राेतका अनुसार प्रचण्डले ओलीलाई एमसीसीबारे धेरै लुकाछिपी गर्न नहुने बताएका थिए । ‘एमसीसीबारे अब धेरै लुकाछिपी नगराैं, बैठक राखेर एउटा निर्णय गराैँ’, प्रचण्डकाे भनाइ उद्धृत गर्दै स्राेतले भन्याे ।

प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले २ अध्यक्षबीच मंगलबार सचिवालय बैठक बाेलाएर एमसीसीबारे थप छलफल गर्नेबारे सामान्य छलफल भएकाे बताए । आर्थिक वर्षको बजेटमा अमेरिकी सहयाेग परियोजना मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) समावेश गरिएकाे विषयमा नेकपाभित्र विवाद छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.