गोरखा संसार
जेठ २५,गोरखा
बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा लकडाउन भएको लामो समय भएको र बिद्यालय बन्द भएसँगै बिद्यार्थीहरु अन्योलमा परेका बेला गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा रहेको माइमनकामना टोल बिकास संस्थाले बिद्यार्थीहरुको बिबरण संकलन तथा परामर्श कार्यक्रम शुरु गरेको छ ।
सँस्थाका अध्यक्ष भक्त कुमार श्रेष्ठले आफ्नो टोलका बिद्यार्थीहरु अन्योलमा रहेकाले उनीहरुको अवस्था बुझेर परामर्श दिनसकेमा सकारात्मक सन्देश दिन सकिन्छ कि भन्ने उद्धेश्यले बिबरण संकलन गर्न थालिएको बताउनुभयो ।
उहाँको योजना थाहा पाएपछि च्याङली सामुदायिक सिकाइ केन्द्र का अध्यक्ष रविन्द्र कंडेलले सहयोग गर्ने प्रतिबद्धता गर्दै आज टोल भित्रका सबै घरघरमा पुगेर बिद्यार्थीहरुको बिबरण संकलन गर्दै उनीहरुलाई परामर्श गरिएको र घरमै बसेर पनि अध्ययन कार्यलाई अगाडी बढाउन सकिने कुरा बिद्यार्थीलाई परामर्श दिँदा अभिभावकहरु निकै खुशी भएका छन् ।
उक्त अभियानमा टोलबिकास संस्थाका अध्यक्ष श्रेष्ठ, सिकाइ केन्द्रका अध्यक्ष कंडेल सहित सिकाइ केन्द्रकी राममाया आले तथा कुमारी मगर सहभागी भएका थिए ।
शिक्षा बिज्ञान तथा प्रविधी मन्त्रालयले बैकल्पिक शिक्षाको प्रणालीबाट बिद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका जारी गरेको अवस्थामा सोही निर्देशिका बमोजिम उक्त कार्य शुरु गरिएको छ ।
उक्त वडामा १८ वटा टोलबिकास संस्थाहरु रहेका छन् । उक्त टोलबिकास संस्थामा आबद्ध ६५ घरधुरी रहेका छन । टोलका ६५ घरधुरीमा आज संकलन गरिएको बिबरण अनुसार बिभिन्न बिद्यालयमा अध्ययन गर्ने नर्सरी देखि कक्षा १० सम्म अध्ययनरत ६८ जना बिद्यार्थीहरु रहेका छन् । उनीहरु सबैलाई घरमा सुरक्षित रुपमा बसेरै उनीहरुसंग उपलब्ध श्रोत र साधनको प्रयोग गरी पठनपाठनलाई अघि बढाउन सुझाव दिइएको थियो ।
माइमनकामना टोल बिकासको उदाहरणीय कार्य, बिद्यालय पढने बिद्यार्थीहरुको बिवरण संकलन गर्दै
Facebook Comments Box