Gorkha Sansar

स्थानीयले रोके जथाभाबी ग्राबेल झिक्ने काम

रविन्द्र कंडेल
गोरखा संसार
जेठ १९, गोरखा
गोरखा नगरपालिका वडा नं.१३ मा पर्ने र अँबुवा शेरा सडक खण्डमा पर्ने राजदेवी बहुनबेल सामुदायिक बन क्षेत्रबाट बस्ती नै जोखिममा पर्ने गरी ग्राबेल निकालिएकोमा स्थानीय युवाहरुले बिरोध गरी रोकेका छन् ।
सामुदायिक बन क्षेत्रमा पर्ने सडकको छेउबाट ग्राबेल निकालेर लैजाने र लठबद्र अबस्थामा छाडिदिने गर्नाले सो स्थानमा सडक अवरुद्ध हुनुका साथै नजीकैको बस्ती समेत जोखिममा पर्न सक्ने भन्दै अबुवा कर्मसिँ टोलविकासका अध्यक्ष सुजन गर्तौलाको अगुवाइमा केही युवाहरुको साथबाट उक्त क्षेत्रबाट ग्राबेल झिक्ने काम रोकिएको गर्तौलाले बताउनुभयो ।
उक्त बन क्षेत्रबाट बर्षेनी अन्यत्रबाट आई ग्राबेल झिकेर लैजाने गरेको र जसका कारण पहिरो समेत जाँदा कैयौं दिनसम्म बाटो अवरुद्ध हुने गरका कारण सो क्षेत्रबाट ग्राबेल झिकेर लैजान नदिने भनी बन समितिले समेत निर्णय गरेको छ । तर पनि हरेक दिनजसो उक्त स्थानबाट ग्राबेल लगिरहँदा बन समितिका पदाधिकारीहरु तथा जनप्रतिनिधीहरु समेत मौन देखिएका कारण स्थानीय युवाहरु मनोज चन्द्र नराल र स्थानीय युवा किसान उप्रेती सहित को टिम ले सो अबैध रूपमा उक्त स्थानबाट ग्राबेल लैजाने काम रोकेको हो ।
गोरखा नगरपालिकाको वडा नंं १४को बाटो ग्राबेल गर्न उक्त स्थानबाट ग्राबेल लगिएको बताएपनि ग्राबेल लैजानको लागि कहिँ कतै समन्वय नै नगरी लगेको र जनप्रतिनिधी लगायत बनसमितिका पदाधिकारीहरु समेत मौन रहेकाले स्थानीयहरु कतै मिलेमतो त छैन भनी सशंकित समेत बनेका छन ।
बन समितिका सचिब लक्ष्मण नराल भने आफूहरुलाई केही जानकारी नभएको बताएका र अरु कोही कसैले रोक्नको लागि पहल नगरेकाले आफूहरु अघि बढनु परेको गर्तौलाको भनाइ रहेको छ ।
ग्राबेल निकालिएको ठाउँ आसपासमा गत बर्ष पनि बर्षातको समयमा पहिरो जाँदा धेरै दिनसम्म सवारी आवतजावत समेत बन्द भएको थियो । उक्त स्थानबाट केही माथि पुरन डीही नामक बस्ती समेत रहेको छ । समयमा कसैले पनि ध्यान नदिएमा उक्त बस्ती समेत उच्च जोखिममा पर्ने देखिन्छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.