अायाे खुशीकाे खबर ……………पालुङ्टारको एकै परिवारका ५ जनाको पि.सि.आर. परीक्षण रिपोर्ट नेगेटिभ

रविन्द्र कंडेल
गोरखा संसार
जेठ १९, गोरखा
गोरखाको पालुङ्टार नगपालिकास्थित वडा नं. ७ च्याङ्लीको एक परिवारको ५ जनामा गरिएको पि.सि.आर.रिपोर्ट नेगेटिभ आएको छ ।
पालुङ्टार ७ निवासी ३३ वर्षीय मञ्जु पुलामीलाई स्वास्थ्य समस्या देखिएपछि विभिन्न मेडिकल तथा स्वास्थ्य संस्थाहरुमा जचाउने क्रममा डुम्रेस्थित एक मेडिकलले उहाँलाई आर.डि.टी.परीक्षण गर्ने सल्लाह बमोजिम वडाध्यक्ष तथा स्थानीय स्वास्थ्यकर्मीसँगको सहयोगमा आर.डि.टी.परीक्षण गरिएको र रिपोर्ट पोजेटिभ आएको पुलामले बताउनुभयो । तर उहाँको आर.डि.टी.परीक्षण रिपोर्ट आउनु पहिले नै उहाँलाई कोरोना लागेका.छ रे भनेर हल्ला गरेर बदनाम गरेको प्रति उहाँले दुख व्यक्त गर्नुभयो ।
तर पछि आर.डि.टी.परीक्षण रिपोर्ट पोजेटिभ आएपछि थोरै मनमा त्रास बढेपनि आफूलाई कोरोना नभएकोप्रति भने म विश्वस्त थिएँ, उहाँले बताउनुभयो ।
जेठ १७ गते स्थानीय सरकार, स्वास्थ्य शाखा लगायतकाको पहलमा पुलामी सहित उहाँको परिवारमा रहेका अन्य ४ जनाको गरी ५ जनाको स्वाब परीक्षणका लागि घरबाटै स्वाब निकालेर परीक्षणको लागि पोखरा पठाइयो । परीक्षणको रिपोर्ट १९ गते आयो । रिपोर्ट नेगेटिभ आएसँगै उहाँको परिवार मात्र नभई समग्र गाउँबासी र नगरबासीमा नै खुसीको कुनै सीमा छैन ।
उहाँको परीक्षण रिपोर्ट नेगेटिभ आएकोमा खुशी व्यक्त गर्न पालुङ्टार नगरपालिकाका नगरप्रमुख दिपक बाबु कंडेल, बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा लगायतका धेरै व्यक्तिहरुले फोन सम्पर्क गरेको उहाँले बताउनुभयो ।
उहाँले गोरखा संसार सँग कुरा गर्दै भन्नुभयो “परीक्षण गर्नुभन्दा पहिले नै कुप्रचार गरेर चरित्रहत्या गर्ने जस्ता कार्यले मानसिक रुपमा बढी तनाब हुँदोरहेछ तर नेगेटिभ रिपोर्ट आएसँगै म र मेरो परिवारमा खुशीको सीमा छैन, परीक्षणको लागि पहल गरिदिनुहुने तपाईं लगायत नगरपालिका, स्वास्थ्य शाखा, वडाध्यक्ष तथा स्वास्थ्यकर्मीहरु लगायत सम्पूर्णप्रति आभार व्यक्त गर्दछु । तर जसरी म प्रति हल्ला र अफबाह फैलाइयो, आधिकारिक प्रमाणबिना अरुका बारेमा कोही कसैले नबोलुन सन्देश दिन चाहन्छु । ˮ उहाँले भन्नुभयो ।
यसअघि इलाममा बस्दै आउनुभएकी पुलामी गत फागुन देखि यहाँ आएर घर बनाउन लाग्नुभएको थियो । घर बनाउने क्रममा परिश्रमका साथ काम गरेको र पहिले काम गर्ने बानी नभएका कारण समस्या भएको हुनसक्ने उहाँले अनुमान गर्नुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.