दलित शब्द हटाउँदैमा बिभेद अन्त्य हुँदैन – पम्फा बसेल

रविन्द्र कंडेल
गोरखा संसार
जेठ १९, गोरखा
गोरखाको पालुङ्टार नगपालिका मा पनि नवराज हत्याकाण्डको बिरोधमा र्यालीसहित कोणसभा गरिएको छ ।
पालुङ्टार दलित एकता समाजको आयोजनामा जेठ १८ गते बिरोध र्यालीसहित कोणसभा सम्पन्न भएको छ ।
ठाँटीपोखरीबजार परिक्रमा गरी समीचौतारामा पुगेको र्याली कोणसभामा परिणत भएपछि पालुङ्टार नगरपालिकाकी उप प्रमुख पम्फा बसेलको संयोजकत्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख बसेलले कुनै पनि बहानामा दलितमाथि हुने अत्याचार सहन नसकिने बताउनुभयो ।
सो अवसरमा उहाँले छुवाछुतको कानुन बनेपनि त्यसयता १७ जनाले ज्यान गुमाउनुपरेको तीतो यथार्थ प्रति दुख व्यक्त गर्नुभयो । नवराज घटना एक प्रतिनिधी पात्र मात्र भएको र नेपालमा यस्ता धेरै घटनाहरु घटेको प्रति समेत उहँले खेद व्यक्त गर्नुभयो । दलितहरु माथि एक पछि अर्को आक्रमण भइरहेको अवस्थामा कतिले दलित शब्द नै हटाउनुपर्छ भन्ने प्रति लक्षित गर्दै उहाँले दलित शब्द हटाउँदैमा बिभेदको अन्त्य नहुने धारणा व्यक्त गर्दै नबराज घटनामा संलग्न जनप्रतिनिधीहरुलाई समेत अबिलम्ब कडा कारबाही गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै वडा नं. १ का वडाध्यक्ष कृष्ण बहादुर परियारले नेपालमा एक पछि अर्को गरी यस्ता घटनाहरु घटदै जाने तर विभिन्न बहानामा ओझलमा पर्ने गरेको बताउनुभयो ।
सञ्जय विश्वकर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा दलित अगुवाहरु लल बहादुर वि.क, जमुना गैरे, भुवन सुनार, किसान परियार, तिलक अच्छामी लगायतकाले धारणा व्यक्त गर्दै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न र दलितहरुको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका थिए ।

जेठ १० गते केही साथीहरुसंग आफ्नी प्रेमिका लिन गएका नवराज विकलाई जातीय आधारमा गाली गलौज, अपमान सहित गाउलेहरुले उनी सहित उनका साथीहरु ५ जनालाई लखेटी–लखेटी मारेर भेरी नदिमा फालिदिएका थिए । घटना स्वयम वडा अध्यक्षको रोहोबरमा भएको र लखेटेर कुटपिट गरी नवराज लगायत उनका साथीहरुलाई मारेर भेरीमा फालेको पीडितहरुको भनाइ छ । कसैका हात बाधेर फालेको , कसैको टाउको भरी धारिलो हतियारले हानेको अबस्थामा भेरीमा फालिएका ५ जनाको शव फेला परेको र एकजनाको शव अझै बेपत्ता रहेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.