पालुङ्टारमा दादुरा रुबेला खोप कार्यक्रम सम्पन्न

रविन्द्र कंडेल
गोरखा संसार
जेठ १५, गोरखा
गोरखाको पालुङ्टार नगपालिकामा दादुरा रुबेला खोप अभियान आज सम्पन्न भएको छ ।
नगरपालिकाले गत जेठ ११ गतेदेखि १५ गतेसम्म बिभिन्न स्थानहरुमा खोप केन्द्रहरु स्थापना गरी ९ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुका लागि खोप लगाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
दादुरा रुबेला बिरुद्धको खोप ११ गतेदेखि १५ गतेसम्म सञ्चालन गर्दा आफनो नगरपालिका भित्र रहेका सबै बालबालिकाहरुलाई खोप लगाइएको छ ।
देशमा लकडाउनका कारण गत बैशाख महिनामा लगाउनुपर्ने खोप लगाइएको थिएन । तर पछि गोरखाका केही स्थानहरुमा दादुरा रोग देखिएपछि जेठ महिनामा खोप सञ्चालन गरिएको हो ।
नगरपालिका भित्र आँपपिपल अस्पताल सहित ७ स्वास्थ्य चौकी, ४ शहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य इकाइ १, आयुर्वेद र १ बर्थिङ सेन्टर, आकस्मिक प्रसुति केन्द्र १ र किशोर किशोरी मैत्री स्वास्थ्य सस्था ३, सुरक्षित गर्भपतन सेवा केन्द्र ६, ओटीसी सेन्टर २, आधारभूत ल्याब १ र २९ खोप क्लिनिक, गाउँघर क्लिनिक १८, लगायतका स्वास्थ्य संस्थाहरु रहेका छन् ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.