[REQ_ERR: 502] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. जीवन ज्योति मा.वि.क्वारेन्टाइनमा आए एकै दिनमा १४ जना - Gorkha Sansar

Gorkha Sansar

जीवन ज्योति मा.वि.क्वारेन्टाइनमा आए एकै दिनमा १४ जना

रविन्द्र कंडेल
गोरखा संसार
जेठ १५, गोरखा
कोभिड १९ का कारण नेपालमा लकडाउन संगै भारत तथा नेपालका बिभिन्न शहरहरुबाट गोरखाको पालुङ्टार नगपालिकाको वडा नं. ७ स्थित जीवन ज्योति मा.वि.मा निर्माण गरिएको क्वारेन्टाइनमा आज मात्रै १४ जना आएका छन् ।
आज पहिलो दिनमै आएका १४ जना सबैजना भारतको बिभिन्न शहरहरुबाट आएका हुन । यसअघि पालुङ्टार नगरपालिका ले ठाँटीपोखरीमा निर्माण गरिएको क्वारेन्टाइनमा मात्र राख्नको लागि क्षमता अपुग हुने भएको हुँदा विभिन्न वडाहरुमा नै क्वारेन्टाइन निर्माण गरिएको र उनीहरुलाई सके सम्म आ आफ्नै वडाहरुमा राख्ने व्यवस्था गरिएको नगरप्रमुख दिपकबाबु कंडेलले बताउनुभयो ।
उहाँका अनुसार क्वारेन्टाइनमा राखिएका सबैको कोरोना परीक्षण गरेर मात्र १४ दिनपछि घर पठाइनेछ । क्वारेन्टाइनमा राखिएकाहरूका लागि खानाकाे व्यवस्था भने कम्पाउण्डभित्रै गरिएकाे छ । नजिकै खाेलामा उनीहरू जाने गरेकाे देखिएकाेले जाेखिम हुन सक्ने स्थानीयहरूले बताएका छन् । स्थानीयका अनुसार बस्तीका बीचमा भएकाे बिद्यालयमा क्वारेन्टाइन निर्माण गरिएकाेले उच्च सावधानी अपनाउन जरूरी छ भने यथाशीघ्र उनीहरूकाे पी.सि.अार. परीक्षण गरिनुपर्दछ ।

पछिल्लो समय नगरपालिकाको धेरैजसो वडाहरुमा क्वारेन्टाइन निर्माण गरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.