भारतबाट गाेरखा अfउनेकाे संख्या सय पुग्याे

गाेरखा संसार

जेठ १५, गाेरखा ।

रोजगारीका लागि भारतका बिभिन्न स्थानहरूमा रहेका एक सय जना गाेरखाका व्यक्तिहरू गाेरखा अाइपुगेका छन् । भारतले रेलवे सञ्चालन गरेदेिख जेठ १५ गतेसम्ममा बिभिन्न नाकाहरूबाट गरी एक सय जना गोरखा भित्रिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

कार्यालयको अभिलेख अनुसार गोरखा नगरपालिकामा अहिलेसम्म गोरखा नगरपालिकाका पाँच जना, पालुङ्टार नगरपालिकाका २० जना गोरखा आइपुगेका छन् । त्यस्तै सिरानचोक गाउँपालिकाका सात जना, अजीरकोट गाउँपालिकाका पाँचजना, बारपाक सुलीकोट गाउँपालिकाका १६ जना भित्रिएका प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै धार्चे गाउँपालिकाका ११ जना, आरुघाट गाउँपालिकाका १४ जना र भीमसेनथापा गाउँपालिकाका आठ जना जिल्ला भित्रिएका छन् । त्यस्तै शहीदलखन गाउँपालिकाका तीनजना र गण्डकी गाउँपालिकामा छ जना भित्रिएका प्रशासन कार्यालयले जनाएको छ ।

उनीहरुलाई सम्बन्धित पालिकाले क्वारेण्टाइनमा राखी एकसातापछि पिसिआर परीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । पिसिआर नेगेटिभ आएमा १४ दिनपछि होमक्वारेण्टाइनमा रहने सर्तमा घर पठाइने उनले बताए ।

भारतबाट अाएकाहरूलाइ स्थानीय पालिकाहरूले क्वारेन्टाइन निर्माण गरेर राखिएकाे छ । पालुङटार नगरपालिकाले वडा नं. ७ मा रहेकाे जीवन ज्याेति मा.वि. मा बनाएकाे क्वारेन्टाइनमा अाज मात्रै १४ जना अाएका छन् । उनीहरूलाइ विद्यालयकाे कक्षाकाेठाहरूमा बसाइकाे व्यवस्था मिलाइएकाे छ ।

हालसम्म सबै देशबाट गरी पाँचसय १८ जना आइसकेका र तेस्रो मुलुकबाट समेत आउने तयारीमा रहेका प्रजिअ पौडेलले बताए ।
बाहिरदेशबाट आउन चाहनेलाई समन्वय गरी ल्याउनका लागि अभिलेख तयार गर्न सबै पालिकालाई अनुरोध गरेको उनले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.