Gorkha Sansar

युवानेता खनाल र पौडेलबाट व्यासको करेनटाइन दमौलीमा ५० कार्टुन पानी सहयोग

मदन तिमल्सेना
तनहुँ १२ गते
संसारभरका मानिसहरुलाई कोरोना महामारीले त्रसित बनाईरहेको छ । धेरै देशहरुले यो माहामारीबाट बच्नको लागि लकडाउनको साहारा लिईरहेका छन् । सामाजिक दुरी कायम गरि लगाईको बेलामा पनि पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरु बढेसगै लकडाउनलाई कडा पारिएको छ ।
यस्तो बेलामा पनि मानिसहरु असाय, गरिब, मजदुरहरुलाई सहयोग गरिरहेको देख्न पाइन्छ । यसरी नै सहयोग गर्ने क्रममा व्यास नगरपालिकाको करेनटाइनमा तनहुँका युवा नेता ने. बि. संघका पुर्व केन्द्रिय सह-महामन्त्री लक्ष्मी भक्त खनाल र नेपाल तरुण दल तनहुँको जिल्ला सचिब राम चन्द्र पौडेलले ५० कार्टुन मिनरल बोत्तल पानी र २०० पिस माक्स व्यास नगरपालिकाको करेनटाइन रहेकोे स्थल दमौलीको आदिकवि भानुभक्त बहुमुखी क्याम्पसमा सहयोग गरेका छन् । सो सामान करेनटाइन रहेको स्थल आदिकबी भानुभक्त क्याम्पस प्रमुख महेश हडखलेलाई हस्तान्तरण गरिएको थियो। हालको असहज अबस्थामा सहयोग प्राप्त भएकोमा सहयोग दातालाई स्थानीयले खुशी व्यक्त गरेका छन। हाल व्यास नगरपालिकाको करेनटाइनमा ४८ जना रहेका छन।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.