दुबै मृगौंला फेल भएका तामाङ्गको थप उपचारको लागि आर्थिक सहयोग गरिदिन परिवारद्धारा सबैसँग आग्रह ।।

 

आँबुखैरेनी, ११ जेष्ठ ।

मृगौंला रोगबाट ग्रसित हुनुभएका भुवन तामाङ्गको थप उपचारको लागि आर्थिक सहयोग गरिदिन उनका परिवारले सबैसँग आग्रह गरेका छन् । आँबुखैरेनी–२, निवासी ५६ वर्षका भुवन तामाङ्गको दुबै मृगौंला फेल भएको र डाईलासिस तथा थप उपचारको लागि आर्थिक अवस्था निकै कमजोर रहेकोले आर्थिक सहयोग गरिदिन परिवारले सबैसँग आग्रह गरेका हुन् । लामो समयदेखि मृगौंलाको समस्या रहेको र मार्क ईन्टरनेशनल किड्नी सेन्टर अस्पताल काठमाण्डौंमा स्वास्थ्य परिक्षण गराउदा दुबै मृगौंला फेल भएको रिर्पोट आएपछि तामाङ्गको डाईलासिस तथा अन्य उपचारका लागि निकै आर्थिक समस्या भएको मृगौंला पिडीत तामाङ्गका श्रीमती सपना तामाङ्गले बताउनुभयो । सामाजिक उत्तरदायित्व बोकेर स्थापना भएका विभिन्न संघ, संस्था, क्लब, विभिन्न टोल, महिला समुह, बैंक, सहकारी संस्था लगाएत मानव सेवा समर्पित मनहरुले आर्थिक सहयोग गरी श्रीमानको उपचारमा सक्दो सहयोग गरिदिनुहुन सबैसँग मृगौंला पिडीतका श्रीमती सपना तामाङ्गले हार्दिक अपिल गर्नुभएको छ । आर्थिक सहयोग गर्न ईच्छुकहरुले राष्ट्रिय वाणिज्य बैंक आँबुखैरेनी शाखामा मृगौंला पिडीतका श्रीमती सपना तामाङ्गको खाता नम्बर नं. ३१९०००४६९९१० मा जम्मा र मोबाइल नम्बर ९८४६९५४६१२, ९८१६६०६१३४ मा सम्पर्क गरी आर्थिक सहयोग गर्न सक्नुहुनेछ । मृगौंला पिडीत तामाङ्गको गत बैंशाख २६ गते देखि डाइलासिस सुरु भएको हो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.