९ वटा टोलका २५ घरपरिबारका लागि रु ३५,००० बराबरको सहयोग

गाेरखाा संसार

४ जेठ, तनहुँ ।

फ्रेन्डशिप युवा क्लब भानु न .पा. -३, खहरे तनहुँले आज मिति २०७७-१-४ गते covid 19 को कारण समस्यामा परेका साबिक भानु वडा नं.१ अन्तर्गत बसोबास गर्नुहुने ९ वटा टोलका २५ घरपरिबारका लागि रु ३५,००० बराबरको सहयोग हस्तान्तरण गरेको छ ।साेही वडाका वडाअध्यक्ष श्री दल नारायण श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले क्लबले गरेको सामाजिक कामप्रति प्रसंम्सा बेक्त गर्नुभएको थियो। सोही अवसरमा बोल्दै क्लबका अध्यक्ष तुल कुमार गुरुङले क्लबले निरन्तर रूपमा यस्तो कार्यक्रम गर्दै आएकोले आज गरिएको राहत वितरण कार्यक्रम पनि सोही अनुरुपको एउटा कार्यक्रम रहेको जानकारी दिनुभयो । क्लबका महासचिव सिताराम श्रेष्ठले क्लबले स्थापनाकाल देखिनै सामाजिक कार्यहरु गर्दै आएकोले आगामी दिनहरुमा पनि यस्ता कायक्रमलाई निरन्तरता दिने बताउनु भयो।क्लबका सचिब सुनिल गुरुङले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा क्लब समितिका सम्पूर्ण सदस्यहरुका साथै सबै टोलका टोल अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो।सामाजिक दुरिलाइ कायम राख्दै सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई सेनिटाइजरले हात सफा गराइ कार्यक्रम स्थल भित्र प्रवेश गराइएको थियो । कार्यक्रमका लागि क्लबको आन्तरिक स्रोतका साथै सोही वडामा बस्नुहुने समाजसेवी राम कुमार श्रेष्ठले रु ५,१०० आर्थिक सहयोग गर्नुभएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.