Gorkha Sansar

लकडाउनमा थपसव कडाइ, एक जिल्लाबाट अर्काे जिल्ला जाने सवारी पास रद्द

काठमाडौं । नेपालमा काेराेना संक्रमित संख्या अधिक मात्रामा बढेसंगै सरकारले लकडाउनलाइ थप कडाइ गर्ने भएकाे छ ।

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास समेत रद्द गरेको छ । मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार ‘बिहीबारदेखि लागू हुने गरी एक जिल्लाबाट अर्काे जिल्ला जाने गरी जारी गरिएकाे सवारी पाससमेत रद्द गर्ने निर्णय गरिएको हो ।’ अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.