भारतबाट गोरखा आएका एक पुरुषलाई नियन्त्रणमा लिएर गोरखकाली रबर उद्योगको क्वारेन्टाईनमा राखियो ।।

गाेरखा संसार
गोरखा,
भारत घर बताउने मुस्लिम समुदायका एक पुरुषलाई नियन्त्रणमा लिएर गोरखकाली रबर उद्योग मझुवा देउराली गोरखाको क्वारेन्टाईनमा राखिएको छ । भारत बेतिया जिल्ला घर बताउने वर्ष २३ का जावेद आलमलाई नियन्त्रणमा लिएर आज क्वारेन्टाइनमा राखिएको हो । भारतको जितपुरबाट सिधै सिमरा प्रवेश गरेका आलम, नारायणगढ सम्म ट्रकमा आईपुगेको र नारायणगढबाट जुगेडी सम्म हिडेर पुगेपछि जिपमा चढेर मुग्लिन आईपुगेका थिए । गोरखाका लागि हिडेका आलमलाई गण्डकी प्रदेशको प्रवेशद्धार मुग्लिनको पुलजीपमा खटिएका सुरक्षाकर्मी तथा प्रहरीले प्रवेशमा रोक लगाएपछि उनी केवुलकारबाट हिडेर शहिद लखन गाउँपालिको मनकामना हुदै सिलीङ्ग पुगेपछि गोप्य सूचनाको आधारमा गोरखा नगरपालिका वडा नं. १३ का वडाध्यक्ष हरि बहादुर खनालको नेतृत्वमा मझुवा प्रहरी चौंकी र वडा नं १३ कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर सुरक्षित रुपमा क्वारेन्टाईनमा राखिएको मझुवा प्रहरी चौंकीका सई प्रकाश गुरुङ्गले जानकारी दिनुभयो । आलमको भोलि शुक्रबार आरडिटी र पिसिआर टेस्ट गरिने गोरखा नगरपालिका वडा नं. १३ का वडाध्यक्ष हरि बहादुर खनालले बताउनुभयो । आलमको आरडिटी र पिसिआर टेस्टको नतिजा आएपछि मात्र सोही अनुसार आवश्यक प्रक्रिया अगाडी बढाउने र वडा कार्यालयले क्वारेनटाईनमा बसुन्जेल उनलाई खानाको व्यवस्था समेत गरिदिएको वडाध्यक्ष खनालले जानकारी दिनुभयो । गोरखा नगरपालिका–६, मा एटुजेट इलेक्ट्रिक एण्ड मेकानिकल वर्कसप व्यवसाय संचालन गर्दै आउनुभएका आलम चैत्र २६ गते भारत गएका थिए । घरमा रहदा लकडाउनका कारणले आर्थिक अभाव भएपछि काममा फर्किन बाध्य भएको आलमले बताउनुभएको छ ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.