गाेरखा संसा
२४ बैशाख काठमाडाैं :
मुलुकमा फेरि १७ जनामा कोरोना भाइरस संक्रमण देखिएसंगै काेराेना संक्रमितकाे संख्या ९९ पुगेकाे छ भने सरकारले अाजै बसेकाे मन्त्रीपरिषदकाे निर्णयअनुसार अागामी जेठ ५ गतेसम्मका लागि लकडाउनकाेअवधि थपिएकाे छ ।
बुधबार पर्सामा १७ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नयाँ संक्रमितहरु २ महिनाको शिशुदेखि ६६ वर्षसम्मका छन् । बुधबार थपिएका १७ संगै नेपालमा कोरोना भाइरस संक्रमितकाे संख्या ९९ पुगेका छन् । संक्रमित मध्ये ७१ जना पुरुष र बाँकी महिला छन् ।
संक्रमित ९९ मध्ये २२ जनाले कोरोनालाई जितेर अस्पतालबाट फर्किएका छन् । बुधबार बिहान मात्र ६ जना भारतीय मुस्लिम जमाती कोरोना मुक्त भएका हुन्