श्रेष्ठद्धारा सिलिण्डर बिस्पोटन भएर घाईते भएका दूई बालकको उपचारको लागि ३० हजार आर्थिक सहयोग ।।

आँबुखैरेनी, २३ बैंशाख ।

युवा समाजसेवी अभियान श्रेष्ठले सिलिण्डर ग्यास बिस्पोटन भएर घाईते भएका २ जना बालकको उपचारको लागि आर्थिक सहयोग गर्नुभएको छ । आँबुखैरेनी–३, पञ्चायत भवन तनहुँ निवासी युवा समाजसेवी श्रेष्ठले आँबुखैरेनी–१, सत्रसयमा गत बैशाख २१ गते बिहान सिलिण्डर ग्यास विस्पोटन भएर घाईते भएका बिनोद विकका दुई छोरा ११ वर्षीय विवेक बिक र ७ वर्षीय सरगम बिकको उपचारमा सहयोग पु¥याउने हेतुले नगद ३० हजार रुपैया आर्थिक सहयोग गर्नुभएको हो । शरिरको केही भाग र हात जलेर घाईते भएका विकको घरमै गएर वडा नं. १ का वडा अध्यक्ष किसान थापाको उपस्थितीमा उनका परिवारलाई आर्थिक सहयोग गर्नुभएको युवा समाजसेवी श्रेष्ठले जानकारी दिनुभयो । अहिले दुबैं जना घाईते बालकको काठमाण्डौ स्थित किर्तीपुर अस्पतालमा उपचार भैरहेको र थप उपचारमा आर्थिक समस्या रहेकोले मानव सेवामा समर्पित सम्पूर्ण मनहरुले सक्दो आर्थिक सहयोग गरिदिनुहुन उहाँले आग्रह गर्नुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.