Gorkha Sansar

बिशाक्त रक्सी पिएका कारण १० जनाको  ज्यान गयाे

२२ वैशाख, जनकपुरधाम । बिशाक्त रक्सी पिएका कारण १० जनाको  ज्यान गएको छ ।

महोत्तरीको भंगहा नगरपालिका ६ र ७ तथा बर्दिवास नगरपालिका १२ का गरी १२ जनाको अज्ञात रोगले मृत्यु भएको भनिएकोमा १० जनाको रक्सी सेवनकै कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र चौधरीले जानकारी दिए ।

उनका अनुसार १० जनाको रक्सी सेवनका कारण, १ जनाको औंलो रोगका कारण र १ व्यक्तिको अचानक मृत्यु भएको हो ।

स्वास्थ्य सेवा विभागबाट आएका मेडिकल टिमका डा. अमृत पोखरेल, जिल्ला तथा प्रदेश टिमका चिकित्सक तथा स्वास्थ्यकर्मी एवं धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट समेत आएका चिकित्सकको टोलीले मृतक प्रत्येक परिवारसँग सोधपुछ गर्दै अनुसन्धान गरेको चौधरीको भनाइ छ ।

सरकारका प्रबक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र सामाजिक विकास मन्त्री नवलकिशोर साह सोमबार अनुगमन गर्न पुगेका थिए ।

त्यस क्रममा अनुसन्धान गर्न आएका चिकित्सकले मृत्युको कारण रक्सी नै भएको बताएका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.