लकडाउनका बेेला भएकाे दुर्घटनामा परी एक प्रहरीकाे निधन

कोहलपुर– बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नं १ कुसुममा गए राति सवारी दुर्घटना हुँदा एक प्रहरीको ज्यान गएको छ । दाङबाट कोहलपुरतर्फ आउने क्रममा सडक दुर्घटनामा परी बारबर्दिया नगरपालिका –४ घर भएका प्रहरी जवान अनिल थारुको निधन भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी कुसुमको एम्बुलेन्समा घाइते थारुलाई उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर ल्याइएकामा बाटैमा निधन भइसकेको प्रहरीले जनाएको छ । दाङ दरबन्दी भई ललिलपुर कार्यरत रहँदै आएका थारु सवार मोटरसाईकल ट्रकमा ठोक्कीएको थियो । त्यस्तै नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) र बाँके जिल्लामा बिहीबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ त्रिवेणी जाने भित्री सडकखण्डको केराबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १२ च २००९ नम्बरको कार बिहीबार साँझ अचानक अनियन्त्रित भई सडक छेउको बिजुलीको खम्बामा ठक्कर खाँदा करेन्ट लागेर कार चालक बर्दघाट–४ का ५२ वर्षीय हरि भुर्तेलको निधन भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा कारमा सवार सोही स्थानका ३९ वर्षीय गोकर्ण शर्मा र ४२ वर्षीय रामप्रसाद पाण्डे घाइते भएका छन् । शर्माको टाउको र पाण्डेको ढाडमा चोट लागेको र उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.