चेपाङ परिवारलाई घलेद्वारा खाद्यन्न सहयोग

राजेन्द्र न्यौपाने
गोरखा, १७ बैशाख ।
गण्डकी गाउँपालिका वडा नं १ मकैसिं स्थित स्यामतेस र पाङखोलामा रहेका ३० घरधुरी चेपाङ परिवारलाई अष्ट्रेलियामा रहेका जोन घलेको सहयोगमा खाद्यन्न सहयोग भएको छ ।
माछा खोलामा निर्माणाधिन विकास हाइड्रो पावर कम्पनीका सञ्चालक समेत रहेका घलेले यस अघि उत्तरी गोरखामा रहेका समस्यामा परेका परिवारलाई समेत सहयोग प्रदान गर्दै आइरहेका छन् ।
आज एक कार्यक्रमका वीच २० बोरा चामल, नुन, तेल गण्डकी गाउँपालिका वडा नंं. १ का सदस्य मीन बहादुर सुनार लगायतको रोहवरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो । दैनिक ज्यालादारीहरुको समस्यामा स्थानीय सरकार हनुमान समान रहेपछि पीडित परिवारलाई मनकारीहरुले सहयोग गरेका हुन् ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.