कोरोना विशेष अस्थाई अस्पतालको क्वारेन्टाईनमा रहेका २ जनामा काेराेना संक्रमण

गाेरखा संसार

बैशाख १७,

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण गरेको कोरोना विशेष अस्थाई अस्पतालको क्वारेन्टाईनमा रहँदै आएका दुईजनामा कोरोना संक्रमण पाईएको छ । उनिहरुको पिसिआर परिक्षण रिपोर्ट पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालय श्रोतले जानकारीदिएको छ ।

वीरगञ्जको ईनरुवाका कोरोना संक्रमितको सम्पर्कमा आएका उनिहरुलाई गत चैत्र १३ गते जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण गरेको कोरोना विशेष अस्थाई अस्पतालको क्वारेन्टाईनमा भर्ना गरिएको थियो ।

उनिहरुमा कोरोना भाईरसको कुनै लक्षण नदेखिएपनी संक्रमणको आशंकामा १३ गते नै स्वाब संकलन गरि काठमाण्डौको टेकुस्थित प्रयोगशाला पठाईएको थियो ।

संक्रमित दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोरोना विशेष अस्थाई अस्पताल श्रोतले जानकारी दिएको छ ।

त्यसैगरी वीरगञ्जमा पनि थप एक जनामा कोरोना पुष्टि भएको छ । भारतको दिल्लीमा भएको धार्मीक सभामा सहभागी भएर फर्किएका ती ब्यक्तीमा आजै संक्रमण पुष्टि भएको हो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.