राजेन्द्र न्यौपाने
गोरखा, १४ बैशाख । शहिद लखन गाउँपालिका भित्रका विभिन्न वडामा गरी ४७ जना
क्वारेन्टाइनमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नं. १
बक्राङमा एक जना, मनकामनामा ९ जना, ताक्लुङमा ८, घैरुङमा १३ र बुकोटमा
१६ गरी ४७ जना क्वारेन्टाइनमा रहनुभएको गाउँपालिका अध्यक्ष रमेश थापा
मगरले जानकारी दिए । क्वारेन्टाइनमा ३ वर्षकी एक बालिका, ११ जना महिला र
३५ जना पुरुष रहेका छन् । उनीहरुलाई गाउँपालिकाको व्यवस्थापनमा निर्माण
गरिएको क्वारेन्टाइनमा राखिएको हो ।
लकडाउन सुरु भएपछि जिल्ला बाहिरबाट आउने सबैलाई १४ दिन अनिवार्य
क्वारेन्टाइन र एक हप्ता घरकै क्वारेन्टाइनमा राख्ने गाउँपालिकाले निर्णय
गरेको थियो ।
लकडाउनको समय बढ्दै जाँदा शहरमा बस्नेहरुको दैनिकी असहज बन्दै गएपछि
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला स्तरीय समितिले अहिले
समिक्षा सहित उद्धारका कार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा
छलफल गरिरहेको छ ।
शहिद लखनमा ४७ जना क्वारेन्टाइनमा
Facebook Comments Box